लम्जुङ: कृषक र् कृषि
आज मिती २०७३-०३-२९ गते तदनुसार १३
जुलाई २०१६ का दिन
बिहानै उठेर हाम्रो एकटोली एक गाउँमा ब्यावसायिक रुपले कृषिकर्म
गर्दै आउनु भएका कृषकहरुको माझं
पुगेको थियो। यो छोटो समयमा हामीले कारीब १५
जना कृषकसँग प्रत्यक्ष भेटेर उहाँहरुको
समस्या अनी चुनौती बुझी केही सल्लाह दिएका थियौ।
स्थानको परिचय
हामीले अवलोकन
गरेको गाउँ धमिलिकुवा थियो। मर्श्याङ्दी
नदिको किनारमा अवस्थित यस गाउँ अती नै रमणिय लाग्दथ्यो। आन्तरिक
देखी बाह्य पर्यटकहरुको समेत बाक्लो उपस्थिती देख्न पाइन्थ्यो
त्यहाँ। कोही कृषक घाम नभनी धान रोपिरहेका थिए
भने कोही टनेलभित्र ब्यस्त देखिन्थे,
हामी त्यहाँ पुग्दाको स्थिती यस्तै
यस्तै प्राय: थियो।
कृषकले भोग्नु
परेको समस्या:
१) उत्पादित तरकारीको बजार भाउ अत्यन्तै न्युन रहेकाले
लागत मुल्य पनि उठाउन धौ धौ परेको।
२) भनेको समयमा बिउँ, मल
अनी दक्ष् प्राबिधिकको सहज उपलब्धता नरहेको ।
३) जलवायु परिवर्तनका असरले नयाँ
रोग अनी किराको प्रकोप बढेको।
४)
सिन्चाईको लागि मुख्यत: आकाश नै हेर्नु पर्ने बाध्यता
रहेको।
५) कृषि गर्ने जाँगर भईकन पनि जनशक्तिको अभावले कार्य
सुचारु गर्न नसकेको, इत्यादी।।।
कृषकलाई सहयोग
गरेका केही स्थानिय संस्थाहरु:
१) Chess नेपाल
२)
जनचेतना बिकास अध्ययन समिती
३)मार्गदर्शन सहकारी संस्था, आदी।।।
![]() |
गन्तब्यतिर लाग्दै गर्दा मेरा साथीहरुको तस्बिर कैद गरियो, मर्स्याङ्दी नदिको पुल माथि।।। |
कृषकको सुझाव:
१) देश बनाउने भनेर राजनीतिमा होमिएका नेता अनी नेत्रीहरु हमेसा सरकार परिवर्ततनको
फोहोरी खेलमा नलागी देशमा राजनैतीक स्थिरता
ल्याउनु पर्ने।
२) सम्बन्धित निकायले किसानलाई समयानुसारको कृषि
तालिम दिलाउनु पर्ने।
३)
समयमै सबै कृषि सामाग्रीको सहज
उपलब्धता हुनुपर्ने।
४) जुन देशमा किसानलाई तल्लो
दर्जाले हेरिन्छ त्यो देशको बिकास
नहुने भएकाले कृषि पेसालाई सम्मानित
ब्यवसायका रुपमा रुपन्तरण गर्नेतर्फ सम्बन्धित
निकाय तत्काल लाग्नु पर्ने आवश्यकता।
५) नयाँ प्रबिधी अपनाउन चाहने
कृषकलाई सरकारले राहत दिनुपर्ने।
![]() |
साथीहरु आफुले सलाह दिएका किसानसँग तस्बिर खिच्न पाउदाँ हर्शित मुद्रामा।।। |
निस्कर्स:
आजको दिन राम्रो ढंगले खर्चियौ
हामीले। जादाँ जाँदै नास्पतिले स्वागत गर्न
तत्पर देखिन्थे त्यहाँका कृषक यसैबाट थाहाँ हुन्छ कि आतिथ्यता कती
भरिएको रहेछ। हामीले आफुले जाने
बुझेका केही कुराहरु सिकायौ अनी
केही नयाँकुरा पनि सिक्यौ। समग्रमाभन्दा
सुचना आदान-प्रदान गर्ने राम्रो
मौका दिलायो यो भ्रमणले। करिब ५ घण्टा लामो त्याहाँको हाम्रो बसाइं अत्यन्तै फलदायी
हुनपुग्यो। आज कृषकसङको सामिप्यताले आफ्नोपनको
आभास मिल्यो। मौका मिल्यो भने हामी पुन: आउनेछौ भन्दै
बिदाईका हात हल्लाउन हामी वाध्य भयौ।
Comments
Post a Comment