मुरी रोपेर मानो फल्छ कि? ???
#सन्दर्भ असार १५, धान दिवश..
आज देशैभरीका   अधिकाम्स स्थानमा धान रोपिएको खबर सुन्नमा पाइयो।  राष्ट्रिय धान दिवशको अवसरमा कृषि मंत्री हरिबोल गजुरेल ज्यु ले पनि गमलामा धान रोप्नु भएको समाचार सामाजिक सन्जाल अनी पत्रपत्रीकामा सार्वजनिक भए। । गाउ घरमा एउटा उक्ती "मानो रोपेर मुरी फलाउने" तर जुन तरिकाले खेती गरिदै त्यसले पक्कै पनि धानको उत्पादकत्व  बढाउने कुरा अली गम्भिर बिषय बनेको पाईन्छ। नयाँ प्रबिधिको  प्रयोग गर्न सके पक्कै पनि यसमा केही हदसम्मा भएपनी टेवा पुग्ने थियो कि? समयमा सिन्चाइ, मलखाद अनी दक्ष प्राबिधिकको सहज उपलब्धता गराउनु सरकारको लागि टड्कारो  भईसकेको छ।
यो सरकारले आर्थिक बर्ष २०७३/७४ को लागि कृषिमा  बिनियोजन गरेको अर्ब रुपैयाको बजेटको सही  तवर तरिकाबाट उपभोग गर्नु आँफैमा चुनौती हो सरकार यसमा खरो उत्रनै पर्ने हुन्छ। देशकै प्रमुख अन्नबालि भनेर हामी धानलाई चिन्दछौ।  हाम्रो देशमा  धानको उत्पादकत्व कारीब २।९८ (MOAD, २०१२ /२०१३) मेट्रिक टन प्रती हेक्टर छ। देशको कुल खेतियोग्य भुभागमध्य धानले आधा क्षेत्र ओगटेको कुल खाद्य उत्पादकत्वमा आधभन्दा  बढी योगदान गरेको छ। बिगत केही बर्षदेखी नेपालमा "सघन धान खेती प्रणालिको " को सुरुवात गरिएको छ। प्रती गाज एउटा बेर्ना रोपिने हुँदा यसमा कम बिउ लाग्नुका साथसाथै समयको पनि बचत हुने गर्दछ। थोरै ठाउबाटै धेरै उत्पादन लिन सकिने यो प्रबिधि गाउ गाउमा बिस्तार गर्नु जरुरी  छ।
सोही प्रणलीबाट खेती गर्नका लागि  आज लम्जुङ कृषि क्याम्पसमा खेतको तयारी गर्दै हामी  साथीभाइ....

Comments

Popular posts from this blog

Adaptation to Climate Change and 1.5 degree in South Asia

Illegal trade of wildlife in Nepal and its effect on future generation